२०८३ भाद्र २८ गते आइतवार

images

प्रतिव्यक्ति आय एक हजार पाँच सय सत्र अमेरिकी डलर

प्रतिव्यक्ति आय एक हजार पाँच सय सत्र अमेरिकी डलर

सहर्ष न्युज
शुक्रवार, जेठ १७ २०८२
सहर्ष न्युज
शुक्रवार, जेठ १७ २०८२
  • काठमाडौँ । नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर एक हजार ५१७ अमेरिकी डलर पुगेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्का दुवै सदनमा बिहीबार प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षणमा यो विवरण उल्लेख छ । 

    यसअघि नेपालीको प्रतिव्यक्ति आय एक हजार ३७७.६ अमेरिकी डलर थियो । आर्थिक सर्वेक्षण अनुसार चालु आवमा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ । 

    प्रदेशगत रूपमा मधेश प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशतभन्दा माथि रहेको छ । चालु आवमा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब रुपियाँ पुग्ने अनुमान छ । यस अवधिमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ । औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ । अर्थमन्त्रीका अनुसार चालु आवको फागुनसम्म सङ्घीय खर्च ४.७ प्रतिशत र सङ्घीय राजस्व १२.६ प्रतिशतले बढेको छ । यसै अवधिमा सङ्घीय सरकारको वित्त घाटा १६ अर्ब १९ करोड रुपियाँ रहेको छ गत आवको यसै अवधिमा यस्तो घाटा ७० अर्ब ३६ करोड रुपियाँ रहेको थियो । २०८१ फागुनसम्म सङ्घीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब चार करोड रुपियाँ पुगेको छ । यो कुल गार्हस्थ उत्पादनको ४३.८ प्रतिशत हो ।

    आर्थिक सर्वेक्षण अनुसार चालु आवको फागुनसम्म वस्तु निकासी ५७.२ प्रतिशत र वस्तु पैठारी ११.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर १० खर्ब ५१ अर्ब ७७ करोड रुपियाँ पुगेको छ । चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन् । विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रही १४.३ महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend