२०८३ भाद्र २७ गते शनिवार

images

बजेट सुरसार नहुँदै बालेनले मागे आगामी आर्थिक बर्षको कार्यक्रमको सूचि

बजेट सुरसार नहुँदै बालेनले मागे आगामी आर्थिक बर्षको कार्यक्रमको सूचि

सहर्ष न्युज
आइतवार, जेठ १२ २०८२
सहर्ष न्युज
आइतवार, जेठ १२ २०८२
  • काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले बजेटको सुरसार नहुँदै महानगरले गर्ने कार्यक्रमको सूचि माग गरेका छन् । कर्मचारी  विवादका कारण काठमाडौं महानगरपालिकाले बजेट नै अन्योलमा छ । यसैबीचमै मेयर साहले भने आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले कस्ता कार्यक्रम सञ्चालन गरोस् भन्ने चाहनुहुन्छ भन्दै कार्यक्रमको सूची माग गरेका हुन् ।  

    आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले कस्ता कार्यक्रम सञ्चालन गरोस् भन्ने चाहनुहुन्छ ? पृष्ठपोषण दिनुहोस्,’ उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘हामीलाई अनलाइनबाट पृष्ठपोषण प्रदान गर्नुहोस्। हामी तपाईँका आवाजलाई नीति, बजेट र कार्यक्रममा समावेश गरेर कार्यान्वयनमा ल्याउनेछौँ ।’  

    नागरिकका चाहना, साझेदार, सरोकारवालाका अपेक्षालाई नीति, बजेट तथा कार्यक्रममा समेट्ने उद्देश्यले सुझाव तथा पृष्ठपोषण संकलनका लागि अनलाइन प्रणाली सार्वजनिक गरेको उनले लेखेका छन्। ‘पोर्टलमा महानगरको पहिचान, जीवन्तता, विकास र समृद्धि, आधारभूत आवश्यकताको पूर्ति, सामाजिक विकास, लक्षित वर्गका कार्यक्रम, पहुँचयुक्त सहरी सुविधा सेवा र सुविधा वितरणलगायत शीर्षक र उपशीर्षकहरू राखिएका छन्,’ उनले लेखेका छन्, ‘यी शीर्षकसँग सम्बन्धित वा शीर्षकले समेट्न नसकेका विषयमा पोर्टलको अन्त्यमा राखिएको ‘अन्य’ खण्डमा गएर आफ्ना सुझाव र सुझावसँग सम्बन्धित कागजात अपलोड गर्न सकिनेछ।’

    उनले यो पेजमा कार्यक्रमसम्बन्धी सामान्य जानकारी र सुझाव पृष्ठमा जाने बटन रहेको जानाउँदै पेजमा राखिएका २३ वटा शीर्षकमा प्राप्त सुझावहरूको विवरण पनि यही पृष्ठमा हेर्न सकिने बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend