२०८३ श्रावण ११ गते सोमवार

images

गाजामा भएको इजरायली आक्रमणमा २९ जनाको मृत्यु

गाजामा भएको इजरायली आक्रमणमा २९ जनाको मृत्यु

मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • काठमाडौँ । गाजा क्षेत्रमा सोमबार इजरायलद्वारा गरिएका हवाई आक्रमणहरूमा कम्तीमा २९ जना प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् । 

    नागरिक सुरक्षा प्रवक्ता महमुद बसालका अनुसार, गाजा सहरको उत्तरमा रहेको अल–करामा क्षेत्रमा आवासीय भवनहरूमा गरिएको बम आक्रमणपछि १५ वटा शव फेला परेका छन् र १० जना भन्दा बढी मानिसलाई जीवितै उद्दार गरिएको छ । सोही क्षेत्रमा बम प्रहारबाट थप पाँचजनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् ।

    गाजाको उत्तर भाग बेइत लाहियामा गरिएको आक्रमणमा सातजनाको मृत्यु भएको छ भने दक्षिणी गाजाको खान युनिसको पश्चिम भागमा दुई जनाले ज्यान गुमाएका छन् ।

    प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायलले चालु वर्षको मार्च १८ गतेदेखि फेरि आक्रमण सुरु गरेयता हालसम्म दुई हजार ४५९ जनाको ज्यान गएको छ भने छ हजार ५६९ जना घाइते भएका छन् । गत वर्षको मार्चदेखि हालसम्म मृत्यु हुनेको कुल सङ्ख्या ५२ हजार ५६७ पुगेको छ ।

    इजरायली सेनाले भने आइतवार खान युनिस क्षेत्रमा हमासद्वारा इजरायलतर्फ प्रक्षेपणको तयारीमा राखिएका रकेटहरू ध्वस्त पारिएको दाबी गरेको छ ।

    यता, हमासको सशस्त्र समूह अल–कस्साम ब्रिगेड्सले इजरायली इन्जिनियरिङ समूहमाथि खान युनिसको पूर्वी सिमानामा रहेको अल–फराहिन क्षेत्रमा आक्रमण गरिएको जनाएको छ । उनीहरूले पहिला गोली प्रहार गरेको बताएका छन् । यस घटनामा इजरायली सेनाले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

    यसैबीच, अन्तर्राष्ट्रिय रेडक्रस संस्थाले गाजाको दक्षिण भागमा रहेको किसुफिम नाका हुँदै रिहा गरिएका १० जना प्यालेस्टिनी बन्दीहरूलाई देइर अल–बालाहस्थित अल–अक्सा शहीद अस्पतालमा पुर्‍याएको छ । रेडक्रसका अनुसार ती बन्दीहरूलाई आफ्ना परिवारसँग भेट गराइएको र स्वास्थ्य परीक्षणको व्यवस्थासमेत मिलाइएको छ । 

    राससबाट साभार सोर्स गोरखापत्र

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend