२०८३ भाद्र २८ गते आइतवार

images

लुङ्दीखोला सिँचाइ आयोजना निर्माण सम्पन्न, अब बाह्रैमहिना सिँचाइ सुविधा

लुङ्दीखोला सिँचाइ आयोजना निर्माण सम्पन्न, अब बाह्रैमहिना सिँचाइ सुविधा

सहर्ष न्युज
बिहिवार, बैशाख १८ २०८२
सहर्ष न्युज
बिहिवार, बैशाख १८ २०८२
  • पर्वत । जलजला गाउँपालिका-७ धाइरिङमा सञ्चालित लुङ्दीखोला-भेडावारी-दुलेपानी सिँचाइ आयोजना सम्पन्न भएको छ।

    जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत ९२ लाख ७७ हजार रूपैयाँको लागतमा आयोजना सम्पन्न भएको हो।

    उक्त कार्यालयका प्रमुख सागर भट्टराईका अनुसार आयोजना पूरा भएसँगै किसानका खेतबारीमा सिँचाइ सुविधा उपलब्ध भएको छ।

    आयोजनाबाट १७ हेक्टरमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ। चालु आर्थिक वर्षमा सञ्चालित ५० वटा सिँचाइ योजनामध्ये १० वटा यसै वर्ष सम्पन्न हुने उनले जानकारी दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend