२०८३ भाद्र २९ गते सोमवार

images
  • प्रमुख समाचार
  • पोखरा महानगरका अधिकृत कपिल गिरीविरुद्ध अख्तियारद्वारा...

पोखरा महानगरका अधिकृत कपिल गिरीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

पोखरा महानगरका अधिकृत कपिल गिरीविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

सहर्ष न्युज
मंगलवार, बैशाख ९ २०८२
सहर्ष न्युज
मंगलवार, बैशाख ९ २०८२
  • पोखरा । कास्कीको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । महानगरपालिकाको उजुरी फछ्र्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत गिरीलाई गएको चैत ७ गते अख्तियारले नियन्त्रणमा लिएको थियो ।

    ‘‘गिरीले अख्तियारमा उजुरी परी पत्र आएको छ, उक्त उजुरीसँग सम्बन्धित प्रमाण मेटाई दिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको’’ भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले उहाँलाई सेवाग्राहीसँग २५ हजार लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । 

    अनुसन्धानको सिलसिलामा गिरीले सेवाग्राहीसँग रकम माग गरी लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । उहाँविरुद्ध कसुरमा बिगो २५ हजार कायम गरी बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend