२०८३ श्रावण ११ गते सोमवार

images

हिमाली जिल्ला जुम्लामा पनि खुल्यो आइसक्रिम उद्योग

हिमाली जिल्ला जुम्लामा पनि खुल्यो आइसक्रिम उद्योग

सहर्ष न्युज
मंगलवार, बैशाख ९ २०८२
सहर्ष न्युज
मंगलवार, बैशाख ९ २०८२
  •  
    जुम्ला : हिमाली जिल्ला जुम्लामा चार युवाले जिल्लामै पहिलो पटक नयाँ उद्योग सुरु गरे, आइसक्रिम उद्योग । हिमाली जिल्लामा चिसो पेय पदार्थको उद्योगले जुम्लाको मौसमी वातावरण प्रतिको आम सोचलाई बदलिदियो । स्वाभाविकै रुपमा जुम्लामा चिसो मौसम हुन्छ भन्ने आम सोचाइ आइसक्रिम उद्योगले फेरिदियो । अर्थात हिमाली जिल्ला जुम्ला पनि गर्मी याममा तात्दै छ भन्ने उदाहरण यो उद्योगले दिएको छ ।

    जुम्लामा आइसक्रिम उद्योग खुलेको यो पहिलो पटक हो। आइसक्रिम उद्योग सञ्चालनमा आएपछि भने सबैले चासो राखेका छन्। कारण हो जुम्लामा आइसक्रिम उद्योग सञ्चालन हुनु। हिमाली जिल्लामा आइसक्रिम खपत हुनुलाई यहाँको वातावरणीय कुरासँग जोडेर हेरिएको छ। अहिले गर्मी समयमा जुम्लाको वातावरण तात्दै  गएको स्थानीय बताउँछन्। पछिल्लो समय हिउँ पर्ने क्रम कम हुँदै गएपछि जुम्लामा चिसो पनि कम हुँदै गएको उनीहरूको भनाइ छ।

    जुम्ला तिला गाउँपालिका १ का चार दाजुभाइले आइसक्रिम उद्योग सञ्चालनमा ल्याएका छन् । चार दाजुभाइ धनबहादुर, मोहनराज,नन्दु र विरेन्द्र रावतले उद्योग सुरु गरेका हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend