२०८३ भाद्र २८ गते आइतवार

images

सरकारी कम्पनीका 'सिटामोल' र 'जीवनजल' उत्पादन रोकिनुका कारण

सरकारी कम्पनीका 'सिटामोल' र 'जीवनजल' उत्पादन रोकिनुका कारण

सहर्ष न्युज
बिहिवार, बैशाख ४ २०८२
सहर्ष न्युज
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । हाल 'सिटामोल' र 'जीवनजल'को उत्पादन रोकेको नेपाल औषधि लिमिटेडका प्रमुखले 'स्टक' नसकुन्जेल पुनः उत्पादन नथालिने बीबीसीलाई बताएका छन्।

    डेढ करोड रुपैयाँ बराबरका ती दुई उत्पादनहरू हाल 'स्टक' मा थन्किएको लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरूले बताए।

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले सरकारी निकायले त्यसका उत्पादनहरू खरिद गर्ने गरी बाध्यकारी व्यवस्था मिलाउनेतर्फ लागिपरेको बीबीसीलाई बताएका छन्।

    कतिपय अधिकारी तथा निजी उत्पादकले पछिल्लो अवस्था सिर्जना हुनुमा सरकारी नीतिसँगै स्वयं लिमिटेड जिम्मेवार रहेको औँल्याएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend