२०८३ भाद्र २७ गते शनिवार

images

जलस्रोत तथा सिंचाई विभागको ७२‌ औं वार्षिकोत्सव तथा सिंचाई दिवस भव्य रुपमा सम्पन्न

जलस्रोत तथा सिंचाई विभागको ७२‌ औं वार्षिकोत्सव तथा सिंचाई दिवस भव्य रुपमा सम्पन्न

सहर्ष न्युज
मंगलवार, चैत्र २५ २०८१
सहर्ष न्युज
मंगलवार, चैत्र २५ २०८१
  • काठमाडौं । जलस्रोत तथा सिंचाई विभागले सिंचाई दिवस तथा ७२औं वार्षिकोत्सव मनाएको छ । विभागको सभाहलमा एक कार्यक्रमका बीच सिँचाई दिवससँगै वार्षिकोत्सव मनाएको हो ।

    ‘समृद्ध नेपालको आधार, सम्पूर्ण कृषि योग्य जमिनमा सिँचाइको विस्तार' भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी सिँचाइ दिवस भव्य रुपमा सम्पन्न गरिएको हो ।

    हरेक बर्ष चैत्र २५ गते विभागले सिँचाई दिवस तथा वार्षिकोत्सव मनाउँदै आएको छ । त्यसअनुरुप यसपटक पनि उक्त कार्यक्रम सम्पन्न गरेको विभागले जनाएको छ ।

    कार्यक्रमको प्रमुख अतिथिमा उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ रहेका थिए । राज्यमन्त्री तामाङले गमलामा पानी हालेर कार्यक्रम सुरु भएको थियो ।

    त्यसैगरी विशेष अतिथिका रुपमा जलस्रोत तथा उर्जा सचिव सरिता दवाडीको उपस्थिति रहेको थियो । त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. आर.पी. बिच्छा लगायत विभिन्न जलस्रोत तथा सिंचाई क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा प्यानल डिस्कसन, विभिन्न विद्यामा उत्कृष्ठ आयोजना तथा केन्द्रीय आयोजना उपभोक्ता संघ लगायतलाई सम्मान गरिएको थियो ।

    उक्त दिवस कार्यक्रममा खेलकुद कार्यक्रमका विजेताहरुलाई ट्रफि तथा मेडल र विभागबाट सेवानिवृत भएकाहरुलाई विभागले विशेष सम्मान गरेको छ ।

    राष्ट्रिय गौरव आयोजनाबाट बबइ सिँचाई आयोना, केन्द्रीय आयोजनाबाट प्रगन्ना तथा बड्कापथ आयोजनाले उत्कृष्ठ काम गरिएकाले उनीहरुले सम्मान पाएका थिए ।

    कार्यक्रममा नेपालको सिँचाई योग्य कुल ३५ लाख हेक्टर क्षेत्र जमिन मध्य साढे १५ लाख हेक्टरमा सिँचाई पुगेको महानिर्देशक बरालले बताए । कृषि उत्पादनमा ६० प्रतिशत आवद्ध छन् भने राष्ट्रिय कुल ग्राहस्थमा २४ प्रतिशत कृषिले योगदान दिएको उनले बताए ।

    सिँचाई नीति २०८० लाई कानुनी राखिने साथै सिँचाईमा फन्ड विकास हुनेगरि काम गर्न आवश्यक रहेको उर्जा जलस्रोत तथा सिँचाई सचिव सिरिता दवाडीले बताइन् । कृषियोग्य भूमिका खण्डिकरण हुदै जानु समस्या रहेको बताउदै, हेरक पूर्वाधार विकास गर्दा कृषियोग्य जमिनको प्रयोग हुनु दुःखको कुरा रहेको  सचिव दवाडी बताइन् ।

    ‘हामी कानुनी हिसावमा कमजोर रहेको उल्लेख गर्दै सिँचाई कानुनलाई दरो बनाउन आवश्यक रहेको छ । तीन तह सरकारको समबन्य गर्न आवश्यक रहेको छ ।’, उनले बताइ्न् ।

    सिँचाई विभागले गौरवका कार्यक्रम मार्फत विद्युत उत्पादन गर्न सके विद्युत आयोजना बनाए अन्य विभागजस्तै सवल बन्न सकिने उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले बताए । सिँचाईले हाइड्रोमा पनि लगानी गरि आत्मनिर्भर बन्नुपर्छ । विद्युत उत्पादनमा सिँचाई विभागले ध्यान दिनुपर्छ उनले भने ।

    सिँचाई विभागले आफैले कन्सल्टेन्सि राख्ने योजना विकास भएका कन्सलटेन्स विज्ञ टिम बनाएर काम गर्न थप सजिलो हुने बताए ।

    मन्त्री तामाङले कृषि सिचाई तथा खानेपानी मन्त्रालयलाई एउटै मन्त्रालय बनाउनु पर्ने धारणा राखे । त्यस्तै उर्जा र वन मन्त्रालय पनि एउटै भएमा काम गर्न सजिलो हुने उनको भनाई छ ।

    सिंचाई दिवस तथा विभागको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रमा ४८ जनाले सहभागी जनाएका थिए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend