काठमाडौं । नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी बरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाले पाएकी छिन् । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ढुंगानालाई कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कामुको जिम्मेवारी दिइएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । राष्ट्र बैंकका गभर्नर पदबाट महाप्रसाद अधिकारीले गत शुक्रबार नै बिदा लिइसकेका छन् ।
गभर्नरको रिक्त पदमा सत्ताधारी दलहरुबीच मिलाउने प्रयासका बीच ढुंगानालाई जिम्मेवारी तोकिएको हो ।
