२०८३ भाद्र २७ गते शनिवार

images
  • सहकारी
  • २९ वटा सहकारी संस्थाका २६ जनासँग...

२९ वटा सहकारी संस्थाका २६ जनासँग सोधपुछ गर्दै समिति, प्रतिवेदन मस्यौदा तयार पार्ने काम पनि सँगसँगै

२९ वटा सहकारी संस्थाका २६ जनासँग सोधपुछ गर्दै समिति, प्रतिवेदन मस्यौदा तयार पार्ने काम पनि सँगसँगै

सहर्ष न्युज
बुधवार, श्रावण २३ २०८१
सहर्ष न्युज
बुधवार, श्रावण २३ २०८१
  • सहर्ष न्युज, काठमाडौं । सहकारी संस्थाको बचत रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई महिनाको अवधिमा गरेका अध्ययन र छानबिन प्रक्रिया टुङ्गाएर प्रतिवेदन लेखन प्रक्रिया अगाडि बढाएको छ ।

    सभापति सूर्यबहादुर थापा क्षेत्रीले संसदीय छानबिन विशेष समितिले हालसम्म सरोकार भएका विभिन्न निकायसँग ३३ पटक छलफल गरेको जानकारी दिनुहुँदै अब केही व्यक्तिसँग सोधपुछ गरी प्रतिवेदनलाई अन्तिम रूप दिने कार्य सँगसँगै अगाडि बढाउने बताउनुभयो । “समितिले छानबिनका लागि कार्यादेश पाएका २९ वटा सहकारी संस्थाका २६ जना व्यक्तिसँग सोधपुछ गर्ने र प्रतिवेदन मस्यौदा तयार पार्ने काम सँगसँगै अघि बढाउँछौँ,”उहाँले भन्नुभयो, “समितिको प्रतिवेदन पारदर्शी, जबाफदेही र विश्वसनीय बनाउन सबै सत्य तथ्य खोज्छौँ ।”

    समस्याग्रस्त घोषणा भएका २० र विवादित नौगरी २९ वटा सहकारीको अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ । तीमध्ये केही सहकारीको वित्तीय विवरण पनि विश्लेषण गरिने थापाले जानकारी दिनुभयो । सहकारीको सिद्धान्त, मूल्यमान्यता पालना नगर्दा अधिकांश संस्थामा समस्या देखिएको र केही सहकारी संस्थामा भने सङ्गठित रूपमै ठगी भएको देखिएको पनि उहाँले बताउनुभयो । समस्याग्रस्त घोषणा गरिएका र बचत रकम हिनामिना भएर छानबिनको लागि समितिको कार्यादेशभित्र अटाएका २९ सहकारीका २० जना फरार छन् ।

    सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणबारे पनि समितिले छानबिन गरिरहेको छ । उक्त संस्थाका अध्यक्ष गितेन्द्रबाबु (जीवी) राई फरार छन् । समितिले गरेको अनुसन्धानका क्रममा राई मलेसियाबाट नेपाल फर्किएको विवरण भेटिएको तर नेपालबाट बाहिरिएको विवरण भने नभेटिएको सभापति थापाले बताउनुभयो । समितिले आज संसदीय मामिला पत्रकार समाज, नेपाल आर्थिक पत्रकार समाज (सेजन), सहकारी पत्रकार समाज (सिजेएन) र आर्थिक पत्रकार सङ्घ (नाफिज) सँग छानबिन र अध्ययन प्रक्रियालाई कसरी अगाडि बढाउने भन्नेबारे सुझाव लिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend