२०८३ भाद्र २७ गते शनिवार

images

म्यानमारमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या हजार नाघ्यो, १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति

म्यानमारमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या हजार नाघ्यो, १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति

सहर्ष न्युज
शनिवार, चैत्र १५ २०८१
सहर्ष न्युज
शनिवार, चैत्र १५ २०८१
  • म्यानमार । म्यानमारको सागिङ सहरमा केन्द्रविन्दु भई म्यानमार र थाइल्यान्डमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार एक हजारभन्दा बढी पुगेको छ भने खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । 

    मध्य म्यानमारको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६।७ म्याग्निच्युडको पराकम्प आएको थियो । 

    भूकम्पले म्यानमारमा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको थियो ।

    म्यानमारमा कम्तीमा एक हजार दुई जनाको मृत्यु भएको र करिब दुई हजार चार सय जना घाइते भएको म्यानमार सरकारले विज्ञप्तिमा जनाएको छ । उक्त भूकम्पको कारण बैङ्ककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ ।

    भूकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि, प्रकोपको वास्तविक तथ्याङ्क सरकारले सार्वजनिक गरिरहेको छ भने मृतकको सङ्ख्या अझै बढ्ने आशङ्का गरिएको छ ।

    विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धार सामग्री पुरयाउने काममा समेत समस्या भइरहेको जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend