२०८३ श्रावण ११ गते सोमवार

images

ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गर्ने महानगरको निर्णय, कुन शिर्षकमा कति जरिवाना ?

ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गर्ने महानगरको निर्णय, कुन शिर्षकमा कति जरिवाना ?

सहर्ष न्युज
शनिवार, चैत्र १५ २०८१
सहर्ष न्युज
शनिवार, चैत्र १५ २०८१
  • काठमाडौं । हिजो शुक्रबार भएको राजाबादीको प्रदर्शनमा काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न ८ शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको छ । राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो।

    शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो ।

    महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ । पूर्वराजाको सहमतिमा शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो ।

    कुन शीर्षकमा कति जरिवाना ?

    -कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर– रु १ लाख

    -महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर– रु १ लाख

    -तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर– रु १ लाख

    -जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर– रु १ लाख

    -बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर– रु १ लाख

    -सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर– रु १ लाख

    -दमकल तोडफोड– रु १ लाख ३० हजार

    -तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड– रु ६३ हजार

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend