२०८३ भाद्र २७ गते शनिवार

images
  • प्रमुख समाचार
  • तीर्थयात्राको स्कर्पियो दुर्घटनामा चार जनाको मृत्यु,...

तीर्थयात्राको स्कर्पियो दुर्घटनामा चार जनाको मृत्यु, केही घाईते

तीर्थयात्राको स्कर्पियो दुर्घटनामा चार जनाको मृत्यु, केही घाईते

सहर्ष न्युज
शुक्रवार, चैत्र १४ २०८१
सहर्ष न्युज
शुक्रवार, चैत्र १४ २०८१
  • तुलसीपुर : तीर्थयात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिकाका चार जनाको मृत्यु भएको छ ।  तुलसीपुरबाट भारतको विभिन्न तीर्थस्थल यात्राका लागि बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कर्पियो गाडी भारतको तुलसीपुर नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । 

    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनीका अन्दाजी ३७ वर्षीय युवराज चापागाईसहित चार जनाको मृत्यु भएको छ । 

    दुर्घटनामा परी तुलसीपुर–७ कै निवासी मोतीराम वलीकी आमा ८० वर्षीया वृद्धाको मृत्यु भएको छ । मृतक दुई जनाको भने अझै नाम खुलेको छैन । गाडीमा नौ जना सवार रहेको र अरू घाइते भएको उहाँले बताउनुभयो । वडाध्यक्ष जिसीका अनुसार  दुर्घटना बिहीबार दिउँसो ४ बजेतिर भएको हो । मृतक चार जनालाई घरमा ल्याउने थालिएको वडाध्यक्ष जिसीले बताउनुभयो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend