२०८३ भाद्र २७ गते शनिवार

images

सरकारमाथि फेरि खनिए बालेन, सामान्य प्रशासनमन्त्री के भन्छन्

सरकारमाथि फेरि खनिए बालेन, सामान्य प्रशासनमन्त्री के भन्छन्

सहर्ष न्युज
बुधवार, चैत्र १२ २०८१
सहर्ष न्युज
बुधवार, चैत्र १२ २०८१
  • काठमाडौं । काठमाण्डू महानगरका प्रमुख बालेन्द्र शाह 'बालेन'ले सरसफाइको काम गर्ने कर्मचारीहरूले तीन महिनादेखि "सरकारको दम्भले" तलब नपाएको भन्दै सामाजिक सञ्जालमा निकै आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि सङ्घीय सरकारसँग उनको विवाद फेरि एक पटक चर्चामा आएको छ।

    सोमवार साँझ सामाजिक सञ्जाल फेसबुकमा आक्रोश र धम्कीपूर्ण टिप्पणी गरेका शाहले मङ्गलवार पुन: "भ्रष्टाचारीलाई बचाउने सरकार" भन्दै सङ्घीय सरकारको आलोचना गरेका छन्।

    उनले प्रमुख प्रशासकीय अधिकृतको विषयमा महानगरद्वारा गठित समितिले गरेको छानबिनको प्रतिवेदन पनि सार्वजनिक गरेका छन्।

    केन्द्र सरकारले स्थानीय तहहरूमा पठाउने कर्मचारी तथा प्रशासन प्रमुखको विषयलाई लिएर केही महिनादेखि शाह र सङ्घीय सरकारबीच विवाद देखिँदै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend