काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्री परिषद्को बैठकले कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
सरकारले आजकै मितिदेखि हटाउने लागू हुनेगरी पदबाट हटाइएको हो । ती मन्त्रीका अनुसार पटकपटक स्पष्टीकरण सोध्दा पनि उनले चित्तबुझ्दो जवाफ नदिएको ती मन्त्रीको भनाई छ ।
घिसिङको कामकारबाहीप्रति चित्त नबुझेको भन्दै सरकारले पटक पटक स्पष्टीकरण सोधेको थियो । पाँचौं पटक घिसिङले केही दिनअघि मात्रै स्पष्टीकरण दिएका थिए ।
