२०८३ श्रावण १० गते आइतवार

images
  • प्रमुख समाचार
  • काठमाडौं महानगरपालिको कार्यपालिका बैठक बोलाउन बहुमत...

काठमाडौं महानगरपालिको कार्यपालिका बैठक बोलाउन बहुमत वडाध्यक्षको माग, के–के हुनेछन् एजेन्डा ?

काठमाडौं महानगरपालिको कार्यपालिका बैठक बोलाउन बहुमत वडाध्यक्षको माग, के–के हुनेछन् एजेन्डा ?

सहर्ष न्युज
आइतवार, चैत्र ९ २०८१
सहर्ष न्युज
आइतवार, चैत्र ९ २०८१
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाअध्यक्षहरुले कार्यपालिकाको बैठक बोलाउन मेयर बालेन्द्र साह (बालेन)सँग माग गरेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित १८ जना वडाअध्यक्षसहित बहुमत कार्यपालिका सदस्यहरूले हस्ताक्षर गरी तत्कालै कार्यपालिका बैठक वोलाउन माग गरेका हुन् । यसरी माग गर्नेमा कार्यपालिका सदस्यहरु पनि रहेका छन् । 

    काठमाडौँ महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई गरिएको कारवाही प्रक्रियाको मागसँगै अन्य एजेन्डा समेत कार्यपालिका बैठकमा उठाउने तयारी वडाअध्यक्षहरुको छ । 

    वडा–१७ का वडाअध्यक्ष एवं प्रवक्ता नविन मानन्धरले ज्ञापन पत्र बुझाउँदै यस्तो बैठकको माग गरेका हुन् । 

    बेकामे बनेको काठमाडौं टावरको नक्सा पास तथा निर्माण सम्बन्धमा गठित छानविन समितिमा लागेको खर्च समेत असूल उपरका विषयमा कुरा उठाइने एक वडाअध्यक्षले जानकारी दिए । 
    त्यस्तै महानगरवासीले नरुचाएको ‘वाल पेन्टिङ्ग’, एम्बुलेन्समा भएको भ्रष्टाचारजस्ता थुप्रै विषयमा कुरा उठान हुने ती वडाअध्यक्षले जानकारी दिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend