२०८३ भाद्र २८ गते आइतवार

images

ऊर्जामन्त्री खड्कालाई आस्था राउतको सुझाव- 'राम्रो गर्न नसके नराम्रो पनि नगर्नुस्'

ऊर्जामन्त्री खड्कालाई आस्था राउतको सुझाव- 'राम्रो गर्न नसके नराम्रो पनि नगर्नुस्'

सहर्ष न्युज
आइतवार, चैत्र ९ २०८१
सहर्ष न्युज
आइतवार, चैत्र ९ २०८१
  •  

    काठमाडौं । गायिका आस्था राउतले ऊर्जामन्त्री दीपक खड्कालाई राम्रो गर्न नसके नराम्रो पनि नगर्न सुझाव दिएकी छन्।

    'राम्रो काम गर्न नसके नराम्रो पनि नगर्नुस्, नत्र जीवनभर छि-छि र दुर-दुरभन्दा तपाईंले पाउने केही हैन। तपाईं मात्र हैन, तपाईंका छोराछोरीले पनि त्यही सुन्नुपर्छ। अर्काको राम्रो कामको वाहवाहीले जल्नेहरू आफू पनि मन जित्ने काम गर्नुस्, न अनि हामी वाहवाही गरिहाल्छौँ नि,' उनले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्।

    उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राम्रो काम गरेर जनताको मनमा राम्रो छाप पारेको र ऊर्जामन्त्री खड्काले त्यसैमा रिस गरेको उल्लेख गरेकी छन्। 'तपाईं पनि मन जित्ने काम गर्नुस् न, तपाईंको पनि जय जय गरौँला मन्त्रीज्यू। तर, तपाईंको नाम सुन्दै रिस उठ्ने व्यवहार बन्द गर्नुस्।'

    मन्त्री खड्का र कुलमान घिसिङबीच राम्रो सम्बन्ध छैन। मन्त्री खड्का निर्देशक घिसिङलाई हटाउन चाहन्छन्। उनले घिसिङलाई पटक-पटक स्पष्टीकरणसमेत सोधिसकेका छन्।

    यही सन्दर्भमा राउतले यस्तो बताएकी हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend