२०८३ श्रावण १० गते आइतवार

images

गोरखापत्र संस्थान, रासस र प्रेस काउन्सिको समेत अध्यक्ष भइसकेका बस्नेतको निधन

गोरखापत्र संस्थान, रासस र प्रेस काउन्सिको समेत अध्यक्ष भइसकेका बस्नेतको निधन

सहर्ष न्युज
शनिवार, चैत्र ८ २०८१
सहर्ष न्युज
शनिवार, चैत्र ८ २०८१
  • भक्तपुर । गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको ७९ वर्षको उमेरमा निधन भएको छ। उहाँ गोरखापत्र संस्थानमा २०५६ सालमा कार्यकारी अध्यक्ष हुनुभएको थियो ।

    उहाँ राष्ट्रिय समाचार समिति (रासस) का पनि पूर्वअध्यक्ष हुनुहुन्छ । हृदयाघातका कारण आज बिहान काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको राससले जनाएको छ ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरूले भेन्टिलेटरमा राखेर उपचार गरे पनि उहाँलाई बचाउन सकेनन्।

    नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिका सचिव सुशील बस्नेतका अनुसार उहाँको अन्त्येष्टि आजै पशुपतिस्थित आर्यघाटमा गरिनेछ। गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका बस्नेत पुनर्जागरण साप्ताहिकका संस्थापक सम्पादक पनि हुनुहुन्थ्यो।

    राजनीतिमा समेत सक्रिय बस्नेत नेपाली कांग्रेसका नेता गणेशमान सिंहका निकट थिए। उहाँले गणेशमान सिंह स्मृति वाटिकाका अध्यक्षको जिम्मेवारी पनि सम्हाल्नुभएको थियो। २०१७ सालदेखि राजनीतिमा संलग्न बस्नेत प्रजातन्त्र स्थापनाका विभिन्न आन्दोलनहरूमा सहभागी हुनुहुन्थ्यो। सोही क्रममा उहाँलाई आजीवन कारावासको सजाय सुनाइएको थियो, जसबाट २०४६ सालको प्रजातान्त्रिक आन्दोलनपश्चात् उहाँ मुक्त हुनुभएको थियो। बस्नेतका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend