२०८३ भाद्र २७ गते शनिवार

images

झापामा ठूलो परिमाणमा गाँजा बरामद, १६ सय ३६ किलो गाँजासहित दुई जना पक्राउ

झापामा ठूलो परिमाणमा गाँजा बरामद, १६ सय ३६ किलो गाँजासहित दुई जना पक्राउ

सहर्ष न्युज
शनिवार, चैत्र ८ २०८१
सहर्ष न्युज
शनिवार, चैत्र ८ २०८१
  • काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले १६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलाम माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षीय गंगाबहादुर बस्नेत रहेका छन् । उनीहरू शुक्रबार साँझ पक्राउ परेका हुन् ।

    इलामबाट झापातर्फ आउँदै गरेका को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरका मिनी ट्रकलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले जाँच गरेको थियो।

    जाँचका क्रममा ५७ बोरा गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट ८७ हजार ८८० रुपैयाँ नगद र ५ वटा मोबाइल सेट पनि बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।

    पक्राउ परेका व्यक्ति, गाँजा र ट्रक आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend