२०८३ भाद्र २७ गते शनिवार

images

के हो पारिवारिक बजेट ? कसरी तयार पार्ने ?

के हो पारिवारिक बजेट ? कसरी तयार पार्ने ?

सहर्ष न्युज
मंगलवार, चैत्र ४ २०८१
सहर्ष न्युज
मंगलवार, चैत्र ४ २०८१
  •  

    बजेट शब्द सुन्नेबित्तिकै अर्थमन्त्रीले हरेक वर्ष जेठ १५ मा घोषणा गर्ने सरकारको आम्दानी र खर्चको विवरण भन्ने बुझिन्छ । यो बुझाइ आंशिक मात्र सत्य हो । किनकि बजेट भनेकै आम्दानी र खर्चको अनुमानित विवरण हो । निश्चित समयमा कहाँकहाँ खर्च गर्ने (खर्चका स्रोत) र त्यो रकम कहाँ कहाँबाट जुटाउने (आम्दानीका स्रोत) भन्ने अनुमानित विवरण बजेट हो । यसकारण बजेट व्यक्ति, परिवार, संस्था, सरकार सबैको हुन्छ ।

    परिवारको आम्दानी र खर्चको अनुमानित विवरण नै पारिवारिक बजेट हो । पारिवारिक बजेटले आम्दानीका स्रोतको राम्रोसँग लेखाजोखा गर्न र खर्चलाई व्यवस्थित, अनुशासित एवं प्राथमिकताको आधारमा गर्न सहयोग गर्दछ ।

    पारिवारिक बजेट निर्माण किन ?

    – परिवारको वित्तीय लक्ष्य निर्धारण गर्न

    – उपलब्ध वित्तीय स्रोतलाई अनुशासित तवरले खर्च गर्न

    – फजुल खर्चलाई नियन्त्रण गरी बचतलाई प्रोत्साहन गर्न

    – उपयुक्त क्षेत्रमा खर्च भए/नभएको मूल्यांकन गर्न

    – परिवारको आम्दानी र खर्चलाई पारदर्शी बनाउन

    – परिवारको आम्दानी र खर्चको प्रवृत्ति हेर्न

    पारिवारिक बजेट कसरी बनाउने ?

    – परिवारको वित्तीय लक्ष्य निर्धारण गर्ने

    – आम्दानीका सम्पूर्ण स्रोत यकिन गर्ने

    – खर्चको सूची तयार गर्ने

    – खर्चका शीर्षकलाई वर्गीकरण गर्ने

    – खर्चका क्षेत्र पहिचान गर्दै प्राथमिकता तय गर्ने

    – आयबमोजिम सम्भावित बचतको निर्क्यौल गर्ने

    -नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता पुस्तकका आधार

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend