२०८३ श्रावण ११ गते सोमवार

images

उदयपुरको बेल्टारमा विद्युत सर्ट भएर आगलागी, तीन घर जले

उदयपुरको बेल्टारमा विद्युत सर्ट भएर आगलागी, तीन घर जले

सहर्ष न्युज
मंगलवार, चैत्र ४ २०८१
सहर्ष न्युज
मंगलवार, चैत्र ४ २०८१
  • काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ स्थित कल्याण चोकमा आगलागी हुँदा तीनवटा घर जलेका छन्। 

    प्रहरीका अनुसार सरन राईको घरमा विद्युत सर्ट भएर सल्केको आगोबाट स्थानीय कालुमान राई र सवर्द्धन राईसमेतको घर पूर्णरुपले जलेर नष्ट भएका हुन्। आगोले सिमेन्ट, काठ र टिनले बनेको दुईतले तीनवटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकोे छ। 

    आगलागीबाट करिब एक करोडको धनमाल जलेर खरानी भएको अनुमान गरिएको र क्षतिको पूर्ण विवरण आउन अझै समय लाग्ने प्रहरीले जनाएको छ।

    हावाहुरी सँगै सल्केको आगो स्थानीय चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका, सप्तरी जिल्ला स्थित कञ्चनरुप नगरपालिकाको दमकल, स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसमेको टोतीले अढाई घण्टा पछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend