२०८३ भाद्र २८ गते आइतवार

images

ट्रकको ‘वोनट’ क्याबिनको बायाँ तर्फको माथिल्लो भागमा फल्सबटम बनाइ लुकाइएको थियो २५ करोड

ट्रकको ‘वोनट’ क्याबिनको बायाँ तर्फको माथिल्लो भागमा फल्सबटम बनाइ लुकाइएको थियो २५ करोड

सहर्ष न्युज
मंगलवार, चैत्र ४ २०८१
सहर्ष न्युज
मंगलवार, चैत्र ४ २०८१
  • काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मङ्गलबार अवैध विदेशी मुद्रासहित ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई सार्वजनिक गरेको छ। प्रहरीको टोलीले चैत ४ गते राति ११ बजे काठमाडौँको टोखा नगरपालिका वडा नं. २ झोरमा ना. ७ ख १६५२ को मालबहाक ट्रक नियन्त्रणमा लिएको थियो।

    प्रहरीको अनुसन्धानमा ट्रकको ‘वोनट’ ड्राइभर बस्ने कोठाको (क्याबिनको बायाँ तर्फको) माथिल्लो भागमा फल्सबटम बनाइ लुकाइ छिपाइ सो रकम ल्याइएको खुलेको छ। 

    अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार विभिन्न व्यक्तिले ठूलो परिमाणमा अमेरिकी डलर, युरो लगायत विभिन्न देशका मुद्रा राजश्व छली गरी अवैध रुपमा ओसार पसार तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले सो ट्रक नियन्त्रणमा लिएको हो।

    अमेरिकी डलर एक सय दरका नोट जम्मा थान तीन हजार एक सय १९, अमेरिकी डलर ५० दरका नोट जम्मा थान एक सय ७९, युरो पाँच सय दरका थान ११, युरो दुई सय दरका थान चार सय ८०, युरो सय दरका थान चार हजार एक ४८, युरो ५० दरका थान १७ हजार एक सय ७७ जसको नेपाली रुपियाँ २५ करोड १९ लाख २४ हजार ९५० रुपियाँ हुने प्रहरीले जनाएको छ। 

    पक्राउ परेका लामा स्थायी घर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. १ भइ हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा नं. २ मा बस्दै आएको खुलेको छ। 

    लामालाई विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ बमोजिमको कसुरमा थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पठाइएको प्रहरीले जनाएको छ।

      

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend