२०८३ भाद्र २८ गते आइतवार

images

नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक बने दीपक थापा, करिब ६ महिना ८९ हजार फौजको कमान्ड गर्ने

नेपाल प्रहरीको ३१ औं प्रहरी महानिरीक्षक बने दीपक थापा, करिब ६ महिना ८९ हजार फौजको कमान्ड गर्ने

सहर्ष न्युज
सोमवार, चैत्र ३ २०८१
सहर्ष न्युज
सोमवार, चैत्र ३ २०८१
  • काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ । सोमवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा अतिरिक्त महानिरीक्षक थापालाई नियुक्त गरेको हो । 

    बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले प्रहरीको महानिरीक्षकमा थापालाई नियुक्त गरेको बताए । मन्त्रीपरिषद्को नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१ औं आइजिपी बनेका हुन् ।

    थापा २०५२ भदौ १९ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका हुन् । प्रहरीसम्बन्धी कानुनी व्यवस्था परिवर्तन नभए थापाले करिब ६ महिना ८९ हजार फौजको कमान्ड गर्नेछन् । उनी प्रहरीमा आउनुअघि स्थायी शिक्षक थिए । २०४८ सालमा स्थायी शिक्षकमा नाम निकालेका थापा भक्तपुरको कन्या माविमा पढाउँथे । 

    प्रवीणता प्रमाणपत्र तह पास गरेपछि उनले भक्तपुरकै ओम सेकेन्डरी बोर्डिङ स्कुलमा पनि अध्यापन गरे । बोर्डिङमा पढाउँदै गर्दा स्थायी शिक्षकमा विज्ञापन खुलेपछि थापाले भक्तपुरका आफ्ना सहपाठीसँगै जाँच दिएका हुन् । उनी भन्छन्, ‘स्नातक तह तेस्रो वर्षमा पढ्दै गर्दा निमावि तहको शिक्षकको परीक्षामा दुई नम्बरमा नाम निकालेको थिएँ ।’

    पढाइमा अब्बल थापा निमावि शिक्षक भए पनि माविका विद्यार्थीलाई पनि पढाउँथे । २०४३ सालमा एसएलसी पास गरेका उनले २०४६ सालमा प्रवीणता प्रमाणपत्र तह पूरा गर्दा भक्तपुर क्याम्पस टप गरेका थिए । २०४९ मा स्नातक तह पूरा गर्दा पनि उनले क्याम्पस टप गरे । थापासँगै पढेर दोस्रा भएका सहपाठी अहिले भक्तपुर क्याम्पस प्रमुख छन् ।
     

    कन्या माविमा पढाउँदै गर्दा प्रहरी इन्स्पेक्टरमा भर्ना खुल्यो । २०५० मंसिर १० मा प्रकाशित विज्ञापनअनुसार थापा इन्स्पेक्टर पदबाट प्रहरी सेवामा प्रवेश गरे । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहको पढाइ चल्दै थियो । सिपाडोल क्षेत्रका धेरै मानिस आर्मीमा थिए । सिपाडोल घर भएका शम्भु थापा प्रहरीको उच्च पदमा पुगिसकेका थिए । शैलेश थापा, प्रद्युम्न कार्की र सहकुल थापाहरूले लगाएको युनिफर्मको ‘चार्म’ले दीपक लोभिए । त्यसपछि नेपाल प्रहरीमा उनले लगातार कदम चालेको बताइन्छ । सेवाकालको केही महिनाका लागि भएपनि उनी नेपाल प्रहरीको कमाण्डर बनेरै छाडे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend