२०८३ भाद्र २८ गते आइतवार

images

दुई प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षको सम्भावना

दुई प्रदेशमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षको सम्भावना

सहर्ष न्युज
आइतवार, चैत्र २ २०८१
सहर्ष न्युज
आइतवार, चैत्र २ २०८१
  • काठमाडौँ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघजर्गन र चट्याङ्गसहित हल्का वर्षको सम्भावना रहेको छ। 

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान गर्दै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भागका  एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरेको हो।   

    सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।  

    साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम विभागको अनुरोध छ।  

    मौसम विभागका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ। 

    सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुनुका साथै लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहेको मौसम विभागले जनाएको छ।  

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend