२०८३ भाद्र २८ गते आइतवार

images

सांसद डा. अमरेस सिंह भन्छन्– ‘पूर्वविशिष्टलाई आजीवन सुविधा होइन, आजीवन जेल हुनुपर्छ’

सांसद डा. अमरेस सिंह भन्छन्– ‘पूर्वविशिष्टलाई आजीवन सुविधा होइन, आजीवन जेल हुनुपर्छ’

सहर्ष न्युज
शनिवार, चैत्र १ २०८१
सहर्ष न्युज
शनिवार, चैत्र १ २०८१
  • काठमाडौं । सांसद डा. अमरेश कुमार सिंहले नेताहरू नै आफ्नो सुख-सुविधाका लागि जनतामाथि ऋणको भारी लाद्ने कोसिसमा रहेको आरोप लगाएका छन्।

    'लोकतान्त्रिक व्यवस्थामा जनता सर्वोपरी हुन्छन् तर, यहाँ त शासन गर्ने राजनीतिक दलका नेताहरू नै आफ्नो सुख सुविधाका लागि ऋणको भारी जनतामाथि लाद्ने कोसिसमा छन्,' सिंहले शनिबार (आज) बिहान सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्। 

    आम नागरिक चरम महँगाइ, कर, कुशासनको चपेटामा परिरहे पनि नेताहरू भने आफ्नै सुविधाका लागि काम गरिरहेको उनले बताएका छन्। 'देशमा रोजगारी छैन, युवा जति विदेशको गल्लीहरूमा भौतारिनु परेको छ। तर, पूर्वपदाधिकारीहरूलाई आजीवन सुविधा दिनेसम्म लज्जास्पद कुरा गर्नसमेत भ्याएका छन्,' उनले भनेका छन्।

    पूर्वपदाधिकारीहरूको योगदान के ? भनेर पनि सिंहले प्रश्न सोधेका छन्। 'यिनीहरूलाई त राष्ट्र बर्बाद गरेकामा आजीवन जेल सजाय हुनुपर्छ। पदमा हुँदा पनि लुट्ने, नहुँदा पनि लुट्न खोज्ने,' उनले लेखेका छन्।

    सरकारले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिनेगरी कानून बनाउन लागेको कुरा चर्चामा छ अहिले। तर, यसको चौतर्फी विरोध भएको छ। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसभित्रै पनि यसको विरोध भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend