२०८३ भाद्र २९ गते सोमवार

images

'युद्धविराम कसले लागु गराउँछ?' : युक्रेनसँग लडाइँ रोक्न पुटिनले राखे केही सर्त

'युद्धविराम कसले लागु गराउँछ?' : युक्रेनसँग लडाइँ रोक्न पुटिनले राखे केही सर्त

सहर्ष न्युज
शुक्रवार, फाल्गुण ३० २०८१
सहर्ष न्युज
शुक्रवार, फाल्गुण ३० २०८१
  • काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको लागि आफू तयार रहेको बताएका छन् । तर यसका लागि पुटिनले केही कडा सर्तहरू राखेका छन्।

    राष्ट्रपति पुटिनले विवादको एउटा क्षेत्र कुर्स्क जहाँ युक्रेनले गत वर्ष सैन्य घुसपैठ गरेको र केही भाग कब्जा गरेको भन्दै  त्यसलाई मुक्त हुनुपर्ने जनाएका छन् ।

    कुर्स्कमा युक्रेनसँग दुई विकल्प रहेको भन्दै पुटिनले या त आत्मसमर्पण गर या मर भनेका छन् ।

    यसअघि युक्रेनले अमेरिकासँगको वार्ताका क्रममा ३० दिने युद्धविराम योजनामा ​​सहमति जनाएको थियो ।

    युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले राष्ट्रपति पुटिनको योजनालाई षड्यन्त्रकारी भएको आरोप लगाएका छन् । युक्रेनी राष्ट्रपतिले रुसमाथि थप प्रतिबन्ध लगाउन आह्वान समेत गरेका थिए ।

    यसैबीच, अमेरिकाले तेल, ग्यास र बैंकिङ क्षेत्रका सम्बन्धमा रुसमाथि थप प्रतिबन्ध लगाएको छ।

    बिहीबार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति पुटिनले युद्धविराम घोषणाको आफुहरुले समर्थन गर्ने तर केही प्रश्नहरूबाँकी रहेकाले छलफल गर्न आवश्यक रहेको जनाए ।

    पुटिनले भनेका छन् यो युद्धविरामले शान्ति स्थापना र यस संकटको मूल कारणहरूलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

    उनले त्यसका लागि आफुहरु अमेरिकी सहयोगीहरूसँग कुरा गर्नुपर्ने भन्दै डोनाल्ड ट्रम्पसँग कुरा गर्ने पनि बताएका छन् ।

    पुटिनले ३० दिनको युद्धविराम युक्रेनको लागि राम्रो हुने उल्लेख गरेका छन् । -बीबीसी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend