काठमाडौं । सात महिना अघि हटाइएका सञ्जीव बराल जलस्रोत तथा सिँचाइ विभागको पुनः महानिर्देशक वनेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभागको नेतृत्व परिवर्तन गर्दै महानिर्देशकमा वराललाई ल्याइएको हो । मन्त्री दीपक खड्काले यसअघि बराललाई हटाएर चार महिनाअघि रातारात विभागीय प्रमुख बनाइएका देवराज निरौलालाई रातारात नै हटाइएका छन् ।
ठूला आयोजना सञ्चालन गर्ने जिम्मेवारीमा रहेको विभागलाई निरन्तर प्राविधिक नेतृत्व आवश्यक भए पनि ‘राजनीतिक रंग’ र ‘अनुकूल निर्णय’ को लालचमा हटाउने र खटाउने खेल हुँदै आएको छ ।
विभागको प्रगति लक्ष्यअनुसार अघि बढ्न नसकेपछि मन्त्री खड्का निरौलासँग असन्तुष्ट बनेका थिए । विभागको समग्र प्रगति २१–२२ प्रतिशतभन्दा माथि नबढेपछि निरौलालाई हटाउने निर्णय गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘मन्त्रीज्यू प्रगतिको विषयमा निरन्तर असन्तुष्ट रहनुभएको थियो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘नतिजा नआएपछि उहाँले बाध्य भएर अदल बदलको निर्णय गर्नुभयो जस्तो लाग्छ ।’
बरालको पुनरागमनसँगै मन्त्रालयमा फेरि चर्चा सुरु भएको छ । विभागको लक्ष्य पुरा गर्न निरौला भन्दा बराल ‘क्यापेबल’ देखिएका छन् । त्यही भएर पनि मन्त्रीज्यूले पुनः महानिर्देशक बनाइएको मन्त्रालय स्रोत बताउछ ।
जानकारहरुका अनुसार वराज यो क्षेत्रको विज्ञकै रुपमा चिनिन्छन् । उनको कार्यकालमा विभागको लक्ष्यले राम्रो गति लेला भन्ने आशा र विश्वास लिइएको छ ।
गत मंसिर १७ गते मन्त्री खड्काले तत्कालीन महानिर्देशक बराललाई हटाएर निरौलालाई नियुक्त गरेका थिए । प्रधानमन्त्रीको चीन भ्रमणकै समयमा गरिएको यो निर्णयलाई राजनीतिक प्रभावको रूपमा हेरिएको थियो ।
ऊर्जा मन्त्रालय पछिल्लो समय कर्मचारी व्यवस्थापनमा अत्याधिक अस्थिर देखिएको छ । लक्ष्य अनुसार काम गर्न आगामी दिनमा यस्ता अदल बदल रोकिनु पर्ने जलस्रोत विदहरुको भनाई छ ।

