२०८३ भाद्र २७ गते शनिवार

images

कुलमानलाई महाविर पुन भन्छन्– ‘आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्रबाट संघीय चुनावमा लडेर गुल्ट्याई दिनुस्'

कुलमानलाई महाविर पुन भन्छन्– ‘आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्रबाट संघीय चुनावमा लडेर गुल्ट्याई दिनुस्'

सहर्ष न्युज
शुक्रवार, फाल्गुण २३ २०८१
सहर्ष न्युज
शुक्रवार, फाल्गुण २३ २०८१
  •  

    काठमाडौं । डा. महावीर पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आगामी संघीय निर्वाचनमा उठ्न सुझाव दिएका छन्। 

    बिहीबार सामाजिक सञ्जालमा लेख्दै पुनले आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्रबाट संघीय चुनावमा लडेर गुल्ट्याई दिनुस् भन्दै सुझाव दिएका हुन्। 'आफूलाई दु:ख दिने मन्त्रीकै क्षेत्रबाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु।' 

    उनले घिसिङलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई आफूले ९९ अर्थात माइनस ९९ नम्बर दिन्छु भन्दै आक्रोश पोखेका छन्। पुनले लेखेका छन्, 'कुलमान घिसिङलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले ९९ अर्थात माइनस ९९ (negative 99) नम्बर दिन्छु।'

    पुनले त्यसता विवेकहीन कर्मचारीले देशलाई डुबाएर नेताहरूलाई पंगु बनाउने गरेको पनि उल्लेख गरेका छन्।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा घिसिङले शून्य नम्बर दिएको थियो। घिसिङले गएको पुस २४ गते मन्त्रालयलाई ९८.९९ अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेस गरेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend