२०८३ भाद्र २८ गते आइतवार

images

सरकारले उठायो दस अर्ब आन्तरिक ऋण, बोलकबोलमार्फत नै ब्याजदर निर्धारण

सरकारले उठायो दस अर्ब आन्तरिक ऋण, बोलकबोलमार्फत नै ब्याजदर निर्धारण

सहर्ष न्युज
बिहिवार, श्रावण १७ २०८१
सहर्ष न्युज
बिहिवार, श्रावण १७ २०८१
  • ई–आर्थिक, काठमाडौं । सरकारले बुधबार १० अर्ब रुपियाँ आन्तरिक ऋण उठाएको छ । सरकारका तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ११ वर्षका लागि सो रकम बराबरको विकास ऋणपत्र निष्कासन गरेको हो । बैङ्क तथा वित्तीय संस्था, गैरबैङ्क वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने गरी जारी गरिएको उक्त ऋणपत्र उपर बुधबार दिउँसो बोलकबोल भइसकेको छ । कार्यालयले बोलकबोलमार्फत नै ब्याजदर निर्धारण गरेको छ ।

    कार्यालयका अनुसार बिहीबारदेखि उक्त ऋणपत्र निष्कासन हुने छ । विकास ऋणपत्र खरिदकर्ताले अर्धवार्षिक रूपमा ब्याज प्राप्त गर्ने छन् । त्यस्तो ब्याजमा आयकर भने लाग्ने उल्लेख छ । यो ऋणपत्र धितो राखेर कर्जा लिन सकिने पनि कार्यालयले स्पष्ट पारेको छ ।

    सरकारले आन्तरिक ऋणका लागि दीर्घकालीन अवधिको विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र र अल्पकालीन अवधिको टे«जरी बिल जारी गर्दछ । बुधबार जारी गरिएको विकास ऋणपत्रको साँवा भुक्तानी २०९२ साल साउन १७ गते हुने कार्यालयले जनाएको छ । सरकारले चालु आवमा तीन खर्ब ३० अर्ब रुपियाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend