२०८३ भाद्र २७ गते शनिवार

images

नेपाल प्रहरी जनपथ तर्फका डिआईजी जनक भट्टराई एआईजीमा बढुवा

नेपाल प्रहरी जनपथ तर्फका डिआईजी जनक भट्टराई एआईजीमा बढुवा

सहर्ष न्युज
बिहिवार, फाल्गुण २२ २०८१
सहर्ष न्युज
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । नेपाल प्रहरी जनपथ तर्फका प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै भट्टराईले एआईजीको दर्ज्यानी चिन्ह पाउने भएका छन् ।

    यसअघि ११ फागुनको बढुवा सिफारिस समितिले भट्टराईलाई एआईजीका लागि सिफारिस गरेको थियो ।

    बुधबारको मन्त्रिपरिषद् निर्णयबाट एआईजी बढुवा भएका भट्टराईले आगामी ५ चैतसम्म मात्रै कार्यभार सम्हाल्न पाउने छन् । ५ चैतमा विद्यमान प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा जानेछन् ।

    भट्टराईलाई एआईजी बनाउनकै लागि यसअघि सेवा अवधि बाँकी छँदै एआईजी रवीन्द्र केसीलाई राजीनामा दिन लगाइएको थियो । उनले २७ माघमा राजीनामा बुझाएका थिए । उनै केसीको राजीनामा स्वीकृत गर्दै अहिले भट्टराईलाई एआईजी बनाइएको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend