२०८३ भाद्र २८ गते आइतवार

images
  • उद्योग बाणिज्य
  • कुलमान घिसिङलाई तीनदिने स्पष्टीकरण सोध्ने मन्त्रीपरिषद्को...

कुलमान घिसिङलाई तीनदिने स्पष्टीकरण सोध्ने मन्त्रीपरिषद्को निर्णय

कुलमान घिसिङलाई तीनदिने स्पष्टीकरण सोध्ने मन्त्रीपरिषद्को निर्णय

सहर्ष न्युज
बिहिवार, फाल्गुण २२ २०८१
सहर्ष न्युज
बिहिवार, फाल्गुण २२ २०८१
  • काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तीनदिने स्पष्टीकरण सोध्ने भएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई स्पष्टीकरणे सोध्ने निर्णय गरेको हो ।

    यसअघि ऊर्जा मन्त्रालयले पनि उनलाई स्पष्टीकरण सोधेको थियो । जवाफमा उनले उचित प्रतिवादको मौका आफूले नपाएको बताएका थिए ।

    ‘‘मेरो पूर्व स्पष्टीकरण के कति कारणले चित्तबुझ्दो भएन ? स्पष्टिकरणमा आधार र कारण खुलेको छैन। आधार र कारणको अभावमा थप पुष्ट्याईं पेश गर्ने अवस्था भएन। आधार र कारणको अभावमा उचित प्रतिवादको मौका रहेन,’ उनले जवाफमा भनेका थिए।

    यसैबीच कार्यकारी निर्देशक घिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले शून्य नम्बर दिएको थियो ।

    आर्थिक वर्ष २०८०÷०८१ को कार्य सम्पादन मूल्यांकनका आधारमा घिसिङले शून्य नम्बर पाएका थिए ।

    घिसिङले मन्त्रालयलाई ९८.९९ प्रतिशत अंक दाबी गरी मूल्यांकनका लागि मुख्य कार्यसम्पादन सूचकांक समेटिएको विवरण पेस गरेका थिए।

    सम्झौताअनुसार ढिला विवरण बुझाएको भन्दै उनलाई शून्य नम्बर दिएको मन्त्रालयले बताएको छ । प्रतिनिधिसभाको बैठकमा समेत उर्जा मन्त्री दिपक खड्काले ‘परीक्षामा विद्यार्थी उपस्थित नभए कति नम्बर दिने त ? भनि जवाफ दिएका थिए ।

    प्रतिपक्ष दलका सांसदहरुले उनलाई निकाले सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

    घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा २०७८ साउन २५ मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त गरिएको हो । उनी चारवर्षका लागि दोस्रो पटक नियुक्त भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend