२०८३ श्रावण १२ गते मंगलवार

images

परस्त्रीगमनमा कडाई गर्ने पार्टीकै नेता बलत्कार आरोपमा पक्राउ

परस्त्रीगमनमा कडाई गर्ने पार्टीकै नेता बलत्कार आरोपमा पक्राउ

सहर्ष न्युज
बिहिवार, फाल्गुण २२ २०८१
सहर्ष न्युज
बिहिवार, फाल्गुण २२ २०८१
  • वालिङ । परस्त्रीगमनमा कडाई गर्ने पार्टी नेकपा एसकै नेता बलत्कार आरोपमा पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका हुन् ।  कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो । 

    नेकपा एसले केही दिन अघिमात्र परस्त्रीगमन र जाँड रक्सी खाने नेकपा एसका नेता बन्न नसक्ने आचारसंहिता जारी गरेको थियो ।  

    स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले घरबाट नै पक्राउ गरी कास्की प्रहरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

    कास्की जिल्ला अदालतले फागुन २ गते जबरजस्ती करणी मुद्दामा गिरीलाई पक्राउको अनुमति दिएको प्रहरीको भनाई छ । पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको प्रकृति भने खुलाएको छैन । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend