ललितपुर । ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगोको ज्वाला निस्किएको थियो । उक्त बोरिङ खन्ने क्रममा तीनसय मिटर मुनिबाट आगोको ज्वाला निस्किएको हो ।
पानी ट्यांकी राख्न माटो खनेर सकिएपछि मेशिन फिट वाईलिङ् गर्ने क्रममा निस्किएको स्थानीयले जानकारी दिएका छन् । उक्त आगोलाई बिहानदेखि नै निभाउने प्रयास गरिएको थियो ।
स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरेका थिए । ललितपुर प्रहरी परिसरले यस विषयमा सिनियर टोली पठाएर बुझ्ने पठाएको जानकारी दिएको छ ।
आगो नियन्त्रणमा आए पनि यो ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ ।
