२०८३ श्रावण ११ गते सोमवार

images
  • प्रमुख समाचार
  • फिफा विश्वकप जिताउने विश्वप्रख्यात गोलरक्षक जियानलुइजी...

फिफा विश्वकप जिताउने विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोन काठमाडौंमा

फिफा विश्वकप जिताउने विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोन काठमाडौंमा

सहर्ष न्युज
आइतवार, फाल्गुण १८ २०८१
सहर्ष न्युज
आइतवार, फाल्गुण १८ २०८१
  • काठमाडौं : इटालीलाई सन् २००६ को फिफा विश्वकप जिताउने विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोन आइतबार नेपाल आइपुग्नुभएको छ ।

    काठमाडौँमा जारी केपी ओली कप फुटबलको मुख्य पाहुनाको रुपमा बुफोनलाई नेपाल निम्त्याईएको हो । इटालीका महान फुटबलर बुफोनले नेपाल आउन पाउँदा आफु निकै खुशी भएको र सफना पूरा भएको बताउनुभएको छ ।

    आइतबार आयोजित पत्रकार सम्मेलनमा बुफोनले आफुलाई नेपाल आउने अवर प्रदान गरेकोमा आयोजकलाई धन्यवाद समेत दिनुभयो ।‘‘सुन्दर देश नेपाल आउन पाउँदा उत्साहित भएको छु । आजको दिन म र मेरी श्रीमतीका लागि अवस्मरणीय रहेको छ । केपी ओली कपको फाइनल हेर्नका लागि निकै उत्साहित छु,’’ बुफोनले भन्नुभयो ।

     

    बुफोनलाई आइतबार बिहान केपी ओली कप आयोजक राष्ट्रिय युवा सङ्घ नेपालका पदाधिकारीले त्रिभुवन विमान स्थलमा स्वागत गरेका थिए । बुफोन नेपाल आउने विश्व फुटबलकै ठूलामध्येका एक खेलाडी हुनुहुन्छ ।

    सन् १९९८ देखि २०१४ सम्म लगातार पाँच वटा विश्वकप खेल्ने बुफोनले इटालीका लागि एक सय ७६ अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । उहाँले इटालीको लागि मात्र ८० खेलमा कप्तानी गर्नुभएको छ । 

    केपी ओली कपको फाइनलमा सोमबार विभागीय टोली त्रिभुवन आर्मी क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबबिच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेलका लागि दुवै टोली तयार रहेको आइतबार आयोजित पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तान र प्रशिक्षकले बताएका छन् । 

    फागुन ११ गतेदेखि सुरु भएको केपी ओली कपमा नौ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताके विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend