काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज एक सूचना जारी गर्दै डिजेल र मट्टितेलमा मूल्य घटाएको जानकारी दिएको छ।
निगमले डिजेल र मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो। भने पेट्रोल र एलपी ग्यासको मूल्यमा हाललाई यथावत् रहेको जनाएको छ।
घटाइएको मूल्य फागुन १७ गते बिहान १ बजेदेखि लागू हुने निगमले जनाएको छ।
सूचना:

