काठमाडौं । नेपालमा विगत केही महिनाहरूमा घरजग्गा कारोबारले अपेक्षित गति लिन नसकेको भन्दै व्यवसायीहरूले निराशा व्यक्त गरेका छन्।
तर खास गरी तराईका केही जिल्लामा तुलनात्मक रूपमा घरजग्गा कारोबार धेरै भएको पाइएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँछ।
विगतमा देशका अन्य ठाउँमा भन्दा धेरै घरजग्गा कारोबार हुने गरेको काठमाण्डू उपत्यकामा समेत कारोबार सन्तोषजनक नरहेको व्यवसायीहरू बताउँछन्। चालु आर्थिक वर्ष २०८१/२०८२ को माघमा पुस महिनाको तुलनामा घरजग्गा कारोबारमा कमी आएको विभागको तथ्याङ्क छ।
विभागका अनुसार गत पुसमा ४८, १५६ वटा लिखत पारित भएकामा माघमा भने ४६,०६९ वटा पारित भएको छ।
