२०८३ श्रावण १२ गते मंगलवार

images

युक्रेनको खनिज भण्डारमा अमेरिकालाई पहुँच दिने सम्झौता 'अन्तिम चरणमा'

युक्रेनको खनिज भण्डारमा अमेरिकालाई पहुँच दिने सम्झौता 'अन्तिम चरणमा'

सहर्ष न्युज
मंगलवार, फाल्गुण १३ २०८१
सहर्ष न्युज
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । युक्रेनको खनिज भण्डारमा अमेरिकालाई पहुँच दिने एक सम्झौता अन्तिम चरणमा पुगेको युक्रेनकी एक मन्त्रीले बताएकी छन्।

    युरोप र युरो-एट्लान्टिक एकतासम्बन्धी उपप्रधानमन्त्री ओल्गा स्टाफनीशिनले "वार्ता धेरै रचनात्मक भएको र प्रायः सबै प्रमुख विषयहरू टुङ्गिएको" सामाजिक सञ्जाल एक्समा उल्लेख गरेकी छन्।

    उनले उक्त सम्झौतामा "छिट्टै हस्ताक्षर अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको" समेत उल्लेख गरेकी छन्।

    सम्झौताका लागि युक्रेनमाथि अमेरिकाले दबाव बढाएपछि युक्रेनी र अमेरिकी राष्ट्रपतिबीच सम्बन्धमा फाटो आएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend