२०८३ भाद्र २८ गते आइतवार

images

बलियो हुनका लागि तपाईँलाई कति प्रोटिन आवश्यक पर्छ ?

बलियो हुनका लागि तपाईँलाई कति प्रोटिन आवश्यक पर्छ ?

सहर्ष न्युज
मंगलवार, फाल्गुण १३ २०८१
सहर्ष न्युज
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । आफ्नो मांसपेशी बढाउन चाहने जोकोहीलाई काँचो अण्डादेखि 'प्रोटिन शेक' सम्म प्रायः प्रोटिनको मात्रा धेरै पाइने खाना खान सल्लाह दिइन्छ। तर वास्तवमा स्वस्थ मानिसलाई कति प्रोटिन आवश्यक पर्छ र यो खाने सबैभन्दा राम्रो तरिका के हो?

    २१ बर्षकी सोफिया मोल्सन ब्रिटेनको वेस्ट ससेक्समा बस्ने एक 'फिटनेस इन्फ्लुएन्सर' हुन्। वजन बढेर समस्या भएपछि उनले आफू १९ वर्षको उमेर हुँदैदेखि तन्दुरुस्तीलाई गम्भीरतापूर्वक लिन थालिन्।

    "मैले प्राय: खानेकुरा आफूलाई सहज महसुस गराउन खाने गर्थेँ र त्यसले मेरो आत्मविश्वास घटायो र आफ्नै आँखामा आफ्नो छवि पनि नकारात्मक बनायो। एक दिन भने मैले आफ्नो शारीरिक मात्रै नभई मानसिक स्वास्थ्यका लागि पनि नियन्त्रित हुनुपर्ने महसुस गरेँ," मोल्सनले भनिन्।

    सुरुमा उनी वजन घटाउने उद्देश्यले जिम जान थालिन्। तर समय बित्दै जाँदा उनले मांसपेशी बलियो बनाउने प्रक्रिया पनि मन पराउन थालिन्। "मैले बलियो महसुस गर्नु कति सशक्त हो भन्ने जति थाहा पाउँदै गएँ र सानो सानो उपलब्धीले पनि मलाई प्रेरित गर्दै लग्यो," उनले भनिन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend