२०८३ श्रावण १० गते आइतवार

images

सहकारीको रकम हिनामिना गरी विदेश फरार १८ जनालाई स्वदेश फर्काउने तयारी थाल्दै गृह प्रशासन

सहकारीको रकम हिनामिना गरी विदेश फरार १८ जनालाई स्वदेश फर्काउने तयारी थाल्दै गृह प्रशासन

सहर्ष न्युज
मंगलवार, श्रावण १५ २०८१
सहर्ष न्युज
मंगलवार, श्रावण १५ २०८१
  • सहर्ष न्युज, काठमाडौं । सहकारी ठगीमा संलग्न भई विदेश फरार रहेका विभिन्न संस्थाका १८ जना प्रमुख व्यक्तिहरु फर्काउने गर्दै गृह प्रशासनले तयारी थालेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भई विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएसँगै सो तयारी थालिएको हो ।

    सोमबार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देश बाहिर फरार भएका १८ जना सहकारी ठगीमा संलग्न भई विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

    बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिनुहुँदै समिति सभापति सूर्यबहादुर थापाले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताउनुभयो ।

    उहाँले विदेश फरार रहेका व्यक्ति संलग्न रहेका सहकारीहरू अनुसन्धानको अनुसूची १ र २ मा छानबिनको दायरामा रहे पनि विदेशमा रहेकाले सरकारले तत्काल छानबिनको दायरामा ल्याउन निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले बचतकर्ताहरूको बचत दुरुपयोग गरेको बचत फिर्ताको सन्दर्भमा समितिले सोधपुछ गर्न आवश्यक भएको औंल्याउनुभयो ।

    सभापति थापाले विदेशमा रहेका १८ जनालाई पनि समितिको छानबिनको दायरामा आउन जरुरी रहेको बताउनुभयो । उहाँले सानुपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा रहेका जीवी राई, सुमेरु सहकारीका भरत महर्जन, राजमाया महर्जन, सचिन महर्जन र सरला महर्जनलाई नेपाल फर्काउन आग्रह गरिएको बताउनुभयो ।

    यसैगरी, सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन, थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई, तेजबहादुर बम्जन तामाङ र लिलानाथ गौतम, इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल, साना पाइलाका तस्बिरण खातुन र असरफ अलि,सहारा बचत तथा ऋण सहकारी र सुप्रिम सुवास के.सी, कान्तिपुर सेभिङका प्रेमध्वज लामा, मेगाडि«म सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको जानकारी उहाँले दिनुभयो ।

    उहाँले १८ जना अमेरिका, बेलायत, मेलेसिया, युरोपलगायत भारत र कतिको अज्ञात रहेकाले बचत कर्ताहरूको गुनासो रहेको बताउनुभयो ।

    सभापति थापाले सहकारी ठगी गरेका आरोपमा विराटनगर, कारागार र थुनामा रहेका केही व्यक्तिका हकमा सोधपुछ गर्ने बताउनुभयो । उहाँले सोधपुछका लागि जनशक्ति र समयको प्रबन्ध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको पनि बताउनुभयो ।

    उहाँले समितिले कारागार र थुनामा रहेका २४ जना सोधखोज गर्नुपर्ने देखिएको भन्दै सोधपुछ गर्नुपर्नेहरुको नाम गृहमन्त्रीलाई दिएको बताउनुभयो ।

    उहाँले बैठकमा गुण को–अपरेटिभका सञ्चालक राजेन्द्र शाक्यले बचतकर्ताको रकम फिर्ता गरेको जनाकारी दिएको पनि सभापति थापाले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend