२०८३ श्रावण १२ गते मंगलवार

images

पाथीभरा मुक्कुमलुङ क्षेत्रमा झडपमा पन्ध्र जना पक्राउ, आपराधिक उपद्रो र हुलदङ्गा गरेको अभियोग

पाथीभरा मुक्कुमलुङ क्षेत्रमा झडपमा पन्ध्र जना पक्राउ, आपराधिक उपद्रो र हुलदङ्गा गरेको अभियोग

सहर्ष न्युज
मंगलवार, फाल्गुण १३ २०८१
सहर्ष न्युज
मंगलवार, फाल्गुण १३ २०८१
  •  

    फुङ्लिङ । ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबुलकारको विषयलाई लिएर वीरेन्द्र चोकमा नो केबुलकार समूह र प्रहरीबिच भएको झडपका क्रममा १५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रेस विज्ञप्ति जारी गर्दै आपराधिक उपद्रो र हुलदङ्गा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।

    पक्राउ पर्ने १५ जनामध्ये ताप्लेजुङका एक जना मात्र रहेका छन् । अन्य सबै जिल्लाबाहिरका रहेका छन् । जसमा चार जना महिला रहेका छन् । उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा ६३ बमोजिम हुलदङ्गा गर्न नहुने र उक्त संहिताको दफा २८५ बमोजिम आपराधिक उपद्रो गर्न नहुने कसुरमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ बमोजिम जिल्ला अदालतबाट सात दिनको अनुमति लिएर अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    शनिबार साँझ नो केबुलकार समूह र प्रहरीबिच झडप हुँदा ११ जना प्रहरी र १२ जना प्रदर्शनकारी घाइते भएका छन् । घाइतेमध्ये एक जना प्रहरी र ३ जना आन्दोलनरत पक्षका कार्यकर्तालाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गरिएको छ । अन्यको जिल्ला अस्पतालमा उपचार गरी डिस्चार्ज भइसकेको छ भने केही प्रहरीको उपचार जारी रहेको जनाइएको छ । 

    नो केबुलकार समूहले आयोजना गरेको मुक्कुमलुङ पदयात्राका लागि जिल्लाबाहिरबाट आएका सयौँ आन्दोलनरत पक्षले शनिबार साँझ फुङ्लिङमा प्रदर्शन गरेका हुन् । पाथीभरास्थित काफ्लेपाटीमा चार दिनसम्म विरोध प्रदर्शन गरी शनिबार साँझदेखि सदरमुकाम केन्द्रित भएका थिए । अहिले फुङ्लिङमा निषेधाज्ञा जारी गरिएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend