२०८३ भाद्र २८ गते आइतवार

images

अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च

अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च

सहर्ष न्युज
मंगलवार, श्रावण १५ २०८१
सहर्ष न्युज
मंगलवार, श्रावण १५ २०८१
  • सिड्नी । अस्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी भएको अनुसन्धानले देखाएको सोमबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ ।

    विज्ञहरूले कोभिडको प्रभाव आगामी वर्षहरूमा पनि सामना गर्नुपर्ने प्रक्षेपण गरेका छन् ।

    ‘अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’ को अनुसन्धानले सन् २०२३ मा कोभिडले अनुमान गरिएको भन्दा पाँच प्रतिशत बढी मानिसको मृत्यु भएको पत्ता लगाएको छ ।

    अनुसन्धानबाट विज्ञहरूले कोभिडको कारणले मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या मापन गरी अतिरिक्त मृत्युदर अझै महामारीपूर्वको स्तरभन्दा बढी रहेको जनाएका हुन् ।

    अनुसन्धानअनुसार मृत्युको नवौं प्रमुख कारण रहेको कोभिडजन्य कारणबाट गत वर्ष करिब चार हजार ६०० जनाको मृत्यु भएको थियो ।

    अनुसन्धान प्रतिवेदनमा कोभिडको नियमित उपचार तथा नियन्त्रण नगरिएको उल्लेख गर्दै कोभिडलाई उच्च मृत्युदरको सम्भावित कारकका रूपमा उद्धृत गरिएको छ ।

    विज्ञहरूका अनुसार सन् २०२२ को तुलनामा सन् २०२३ मा अतिरिक्त मृत्युदर भने कम थियो ।

    विस्तारै कोभिड–१९ लहरले हाल अघिल्लो लहरको तुलनामा कम मृत्यु भएको बताउँदै एक्च्युरी इन्स्टिच्युटकी प्रवक्ता करेन कटरले आगामी वर्षसम्म पनि कोभिड मृत्युको कारण बन्ने बताउनुभयो । रासस/एएफपी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend