काठमाडौं । अमेरिकी राष्ट्रपतिका रूपमा डोनल्ड ट्रम्प ह्वाइट हाउस फर्किएको एक महिना भएको छ। उनी ह्वाइट हाउस फर्किएको पाँचौँ सातामा उनले कैयौँ नाटकीय कदमहरू चालेको देखियो।
ट्रम्पले सङ्घीय सरकारको पुन: निर्माण गर्ने, विभिन्न क्षेत्रमा व्यापक कटौती लागु गर्ने र अमेरिकी विदेश नीतिलाई पुन: परिभाषित गर्ने आफ्नो योजनामा यो साता केही कदमहरू चालेका छन्।
उनले युद्धरत युक्रेनी राष्ट्रपतिलाई "तानाशाह" भन्नेदेखि आईभीएफलाई सुलभ बनाउने तथा उच्च सैन्य अधिकारीलाई बर्खास्त गर्नेसम्मका कदम चाले।
यो साता ट्रम्प प्रशासनले चालेका १९ मुख्य कदमहरूबारे यहाँ चर्चा गरिएको छ।
