२०८३ श्रावण १० गते आइतवार

images

नेकपा एसको कडा आचारसंहिता : परस्त्री–परपुरुष शारीरिक सम्बन्ध वर्जित र निजी स्वार्थ परित्याग

नेकपा एसको कडा आचारसंहिता : परस्त्री–परपुरुष शारीरिक सम्बन्ध वर्जित र निजी स्वार्थ परित्याग

सहर्ष न्युज
शुक्रवार, फाल्गुण ९ २०८१
सहर्ष न्युज
शुक्रवार, फाल्गुण ९ २०८१
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी नेता कार्यकर्ताका लागि कडा आचारसंहिता प्रस्ताव गरेका छन् । शुक्रबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले १३ बुँदाको आचारसंहिता प्रस्ताव गरेका हुन्। 

    बैठकमा प्रस्ताव गरिएको यो आचारसंहिता केन्द्रीय समितिले पारित गरेको दिनदेखि प्रारम्भ हुने भनिएको छ। जसको पालनकर्ता पार्टीका सबै नेता तथा कार्यकर्ता हुने भनिएको छ। 

    आचारसंहितामा मार्गदर्शन सिद्धान्त, मूल्यमान्यता, आचरण, नैतिकता, व्यवहार,जिम्मेवारी बहन, जबाफदेहितालगायतका विषय राखिएका छन्। 

    आचारसंहिताको आचरणमा ‘पार्टीका नेता तथा कार्यकर्ताको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्ने र उनीहरूको खानपान, रहनसहन, बस उठ आदि सरल र सामान्य हुनुपर्ने भनिएको छ। 

    यस्तै नैतिकतामा निजी स्वार्थको परित्याग गरी सामूहिक हित एवम् राष्ट्र, राष्ट्रियता, देश, जनता र श्रमजीवी वर्गको सेवामा समर्पित हुने उच्च क्रान्तिकारी दृढताका साथ काम गर्ने भनेको छ। 

    यस्तै परपुरुष–परस्त्री शारीरिक सम्बन्ध राख्ने र विवाहपूर्व तथा वैवाहिक सम्बन्ध बाहिर शारीरिक सम्बन्ध राख्ने कार्य अनैतिक मानेको छ। ‘कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले यस्तो अनैतिक कार्य गर्नु हुँदैन,’ आचारसंहितामा भनिएको छ, ‘महिलाप्रति एकनिष्ठताको व्यवहार गर्नु पर्दछ ।’

    Nekapa S Aacharsahita.jpgNekapa S Aacharsahita 1.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend