२०८३ श्रावण १० गते आइतवार

images
  • सिंचाई
  • कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिनुहुँदैनः...

कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिनुहुँदैनः मन्त्री खड्का

कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिनुहुँदैनः मन्त्री खड्का

सहर्ष न्युज
मंगलवार, श्रावण १५ २०८१
सहर्ष न्युज
मंगलवार, श्रावण १५ २०८१
  • सहर्ष न्युज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिन नहुने बताएका छन ।

    सिँचाइ विभागले नवनियुक्त मन्त्री खड्काको स्वागतमा शुक्रबार आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री खड्काले सिँचाइको उचित व्यवस्थापन गरेर कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे ।

    ‘कृषि क्षेत्रमा कसरी उत्पादन बढाउन सकिन्छ, त्यसको सोच बनाउन जरुरी छ, सिँचाइ नपुगेका ठाउँमा सिँचाइ पुर्‍याउनुपर्छ’, उनले भने । मन्त्री खड्काले वर्षात्मा बाढी र पहिरोका कारण ठूलो क्षति हुने भएकाले त्यसको समाधानमा विभाग चनाखो हुनुपर्ने उल्लेख गरे।

    ऊर्जामन्त्री खड्काले बर्खाको पानीलाई सही सदुपयोग गर्न सके कृषि क्षेत्रमा सहयोग पुग्नसक्ने बताए । उनले कतिपय आयोजनाहरु लामो समयसम्म सम्पन्न नभएको भन्दै कार्यान्वयन हुनेगरी आयोजनामा लगानी गर्नुपर्ने बताए । 

    मन्त्रालयकी सचिव सरिता दवाडीले देशको आर्थिक विकासको मेरुदण्ड कृषि क्षेत्र भएकाले कृषिलाई अगाडि बढाउन सिँचाइलाई प्राथमिकता दिनुपर्ने बताइन। उनले १५ लाख ५० हजार हेक्टर जमिनमा सिँचाइको पूर्वाधार विकास भएपनि १० लाख क्षेत्रफलमा पूर्वाधार विकास हुन बाँकी रहेको बताइन ।

    सिँचाइ विभागका महानिर्देशक सञ्जीव बरालले छ वटा राष्ट्रिय गौरवका आयोजनालाई सिँचाइ विभाग अगाडि बढाएको जानकारी दिए । उनले सिँचाइका योजनालाई समयमै  सम्पन्न गर्न सके नेपालको सिँचाइ क्षेत्रले फड्को मार्ने उल्लेख गरे । विभागले ‘डिप ट्युबेल’मार्फत तीन लाख १८ हजार हेक्टर जमीनमा सिँचाइको व्यवस्था गरेको उनले जानकारी दिए।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend