२०८३ भाद्र २७ गते शनिवार

images

योजना आयोगले आगामी आवको बजेटका लागि तोक्यो १९ खर्बको सिलिङ

योजना आयोगले आगामी आवको बजेटका लागि तोक्यो १९ खर्बको सिलिङ

सहर्ष न्युज
बुधवार, फाल्गुण ७ २०८१
सहर्ष न्युज
बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट १९ खर्बको सीमामा आउने भएको छ । राष्ट्रिय योजना आयोगले आगामी आवको बजेटको सिलिङ करिब १९ खर्बको हुने गरी स्रोत अनुमान गरेको हो ।

    सोहीअनुसार आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा पेस गरेको छ ।

    चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट बनाइएकोमा मध्यावधि समीक्षामार्फत १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ ।

    आयोगले संवैधानिक निकाय, क्षेत्रगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तथा तथा सङ्घीय सञ्चित कोषबाट व्ययभार हुने निकायहरूका लागि खर्चको सीमा तथा स्रोतसँगै मध्यकालीन खर्च संरचनाको खाका तयार पारेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend