२०८३ भाद्र २७ गते शनिवार

images

सचिवलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

सचिवलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

सहर्ष न्युज
मंगलवार, फाल्गुण ६ २०८१
सहर्ष न्युज
मंगलवार, फाल्गुण ६ २०८१
  • तनहुँ । वडा सचिवमाथि कुटपिट गर्ने तनहुँको बन्दिपुर गाउँपालिका– ६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

    सोही वडाका वडासचिव नवीन भूसाल कुटपिटबाट सोमबार घाइते भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । 

    भलिबल प्रतियोगितामा इस्टिमेटभन्दा बढीको बिल सचिवले पास नगरेको भन्दै वडाअध्यक्षले आक्रमण गरेका थिए । अध्यक्ष गुरूङको प्रहारबाट घाइते वडासचिव भुसालको अनुहार र घाँटीको भागमा चोट लागेको छ । 

    कुटपीटबाट घाँटी सुन्निएकाले बन्दीपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको प्रनाउ थापाले जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend