२०८३ भाद्र २७ गते शनिवार

images

८० जना सवार अमेरिकी विमान टोरन्टो विमानस्थलमा पल्टियो

८० जना सवार अमेरिकी विमान टोरन्टो विमानस्थलमा पल्टियो

सहर्ष न्युज
मंगलवार, फाल्गुण ६ २०८१
सहर्ष न्युज
मंगलवार, फाल्गुण ६ २०८१
  • काठमाडौं । क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा एक अमेरिकी यात्रुवाहक विमान पल्टिएर जमिनमा उल्टो परेको अवस्थामा पुग्दा त्यसमा सवार केही यात्रुहरू घाइते भएका बताइएको छ।

    अमेरिकी सहर मिनिसोटाबाट उडेको डेल्टा एअरलाइन्सको उडानमा सवार रहेका सबै ८० जनाको उद्धार गरिसकिएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ।

    दुर्घटनाग्रस्त उक्त विमान टोरन्टो पिअरसन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा छ।

    अनलाइनहरूमा राखिएका नाटकीय भिडिओ फुटेजहरूमा अग्नि नियन्त्रकहरूले विमानबाट यात्रुहरूलाई बाहिर निकालिरहेको देखिन्छ।

    प्रहरीले दुर्घटनाको कारण अहिलेसम्म थाहा नभए तापनि "अधिकांश यात्रु सकुशल रहेको" जनाएको छ।

    १८ जनालाई अस्पताल पुर्‍याइएको छ। एक बालकसहित तीन जनालाई गम्भीर चोट लागेको बताइएको छ।

    क्यानडाकी यातायात मन्त्री अनिता आनन्दले आफूले यस "गम्भीर घटना" को निगरानी गरिरहेको बताएकी छन्।

    यतिखेर टोरन्टोमा कठ्याङ्ग्रिँदो जाडो छ र तीव्र गतिको हावा पनि चलिरहेको छ। त्यहाँ एक साताको अन्तरालमा दुई वटा हिमआँधी पनि चलेका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend