२०८३ भाद्र २७ गते शनिवार

images

आधा किलो अबैध सुन र तीन किलो चाँदीसहित एकजना पक्राउ

आधा किलो अबैध सुन र तीन किलो चाँदीसहित एकजना पक्राउ

सहर्ष न्युज
सोमवार, फाल्गुण ५ २०८१
सहर्ष न्युज
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं । आधा किलो अबैध सुन र तीन किलो चाँदीसहित एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा भारतीय नागरिक मुकेश महादेव चाँगु छन् । भारतको महाराष्ट्र घर भएका ३० वर्षीय चाँगुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार काठमाडौंबाट पक्राउ गरेको हो ।

    काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ बस्दै आएका उनलाई पक्राउ गरेर राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

    उनीबाट प्रहरीले ७६१।६६ ग्राम सुन बरामद गरेको छ । त्यसैगरी ३ किलो १ सय ग्राम अवैध चाँदी पनि बरामद भएको छ । उनीबाट ५ लाख १० हजार नगद पनि बरामद भएको छ ।

    विदेशबाट आएका व्यक्तिहरुको सुन किनेर उनले बेच्ने गरेको प्रहरीको भनाइ छ । ‘विदेशबाट भन्सार छलेर ल्याइएका सुन किन्ने र गालेर बेच्ने गरेको पाइएको छ’ एक अनुसन्धान अधिकृतले भने ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend