जिल्लाकै सुख्खा ग्रस्त क्षेत्रको रूपमा रहेको पञ्चनमा खानेपानी समस्या हल गर्नका लागि सङ्घीय खानेपानी आयोजना खोटाङबाट बजेटको सुनिश्चित भएसँगै लिफ्टिङ खानेपानी आयोजना सञ्चालनका लागि काम सुरु भएको जनाइएको छ ।
पञ्चनबासीको खानेपानी समस्याको समाधान हुने गरि काम सुरु भएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । उहाँले गाउँपालिकाको मात्रै नभएर जिल्लाकै सुख्खा ग्रस्त क्षेत्र पञ्चनमा दुधकोशीको पानी लिफ्टिङ प्रविधिबाट वितरण गर्ने योजनाका साथ काम अगाडि बढिसकेको बताउनुभयो ।
विगत वर्षहरुदेखिनै यस प्रविधिबाट खानेपानी उपलब्ध गराउने भनिए पनि पर्याप्त बजेट अभावका कारण काम हुने सकेको थिएन । विकासकै महत्त्वपूर्ण अङ्गको रूपमा रहेको पालिकाको खानेपानी समस्या समाधानका लागी आफूले प्राथमिकतामा राखेर काम गरिरहेको अध्यक्ष राईको भनाइ छ ।
खानेपानी बन्ने भएपछि पञ्चनबासीमा खुसी छाएको छ । आयोजना सञ्चालनका लागि सङ्घीय खानेपानी आयोजना खोटाङका प्रमुख सुनिल तिवारी तथा गाउँपालिकाका जनप्रतिनिधि तथा प्राविधिकहरूको छलफल भएको बताइएको छ ।
