२०८३ श्रावण १० गते आइतवार

images

बीमा प्राधिकरण अध्यक्षका लागि पाँच जनाको सर्टलिष्टिङ सार्वजानिक

बीमा प्राधिकरण अध्यक्षका लागि पाँच जनाको सर्टलिष्टिङ सार्वजानिक

सहर्ष न्युज
सोमवार, फाल्गुण ५ २०८१
सहर्ष न्युज
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले सर्ट लिष्टिङमा प्रकाशित गरेको छ । सो समितिले प्रकाशित गरेको पाँचजनाको सर्टलिष्टिङमा पत्रकारदेखि पूर्वसचिव सम्म रहेका छन् । छनौट समितिले सोमबार १२ जनाबाट ५ जनाको नाम छानेको हो ।

    सर्टलिष्टिङमा शरद ओझा, कमलप्रसाद रेग्मी, चिरन्जिवी चापागाई, दामोदर बस्यौला र रामशरण पुडासैनी परेका छन् । कमलप्रसाद रेग्मी बीमा प्राधिकरणका निर्देशक हुन् । उनी लामो समयदेखी बीमाको क्षेत्रमा कार्यरत छन् । शरद ओझा अधिक्ता तथा पत्रकार हुन् । उनी अध्यापन समेत गराउँदै आएका छन् । नेपाली काँग्रेस निकट ओझा काँग्रेसले प्राधिकरण पाए उनको अध्यक्ष बन्ने सम्भावना बलियो छ ।

    रामशरण पुडासैनी पुर्व राजस्व सचिव हुन् । उनी एमाले नेता विष्णु रिमाल तथा शंकर पोख्रेलले अघि सारेका उम्मेदवार हुन् । हाल कृषि बैंकको अध्यक्ष समेत रहेका पुडासैनी एमालेले प्राधिकरण लिए उनी नै अध्यक्ष बन्नेछन् । चिरन्जीवी चापागाई पुर्व बीमा समितीका अध्यक्ष हुन् । माओवादी निकटका चापागाई सर्ट लिष्टिङमा २ नम्बरमा आएका छन् ।

    दामोदर बस्यौला स्वास्थ्य बीमा बोर्डका पुर्व कार्यकारी निर्देशक हुन् । उनको कार्यक्षमता कमजोर भएको भन्दै तत्कालिन स्वास्थ्यमन्त्री विरोध खतिवडाले उनलाई निलम्बन समेत गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to saharshanews.com  | Site By : SobizTrend